स्वर्ग जस्तो मेरो देशमा, फर्किएर जाउ लाग्यो

आफ्नै देश सम्झिएर, एउटा गीत गाउ लाग्यो ।

चाडवाडमा झिलिमिली, सजावट देख्दा
कर्मभुमी आजै छाडी, आफ्नै ठाउ आउ लाग्यो
आफ्नै देश सम्झिएर, एउटा गीत गाउ लाग्यो ।

घर छेउको पधेरिमा, पानी भर्ने उनिलाई
छेउ बसी हाँसखेल गर्न, सधै धाउँ लाग्यो
आफ्नै देश सम्झिएर, एउटा गीत गाउ लाग्यो ।

कती गर्नु हासखेल मात्र, त्यै पधेरिमा बसी
मन मुटु मिलाएर, मायाँ लाउ लाउ लाग्यो