बादल सँग लुकामारी खेल्ने होकि भन

उडिजाने हुरी जस्तै उड्ने तिम्रो मन
बादल सँग लुकामारी खेल्ने होकि भन ?

मन राखि  जाने तिमी किन भयौ यस्तो 
दिन रात भौतारिदै भयौ टाढा झन
बादल सँग लुकामारी खेल्ने होकि भन ?

आधिबेरी हुरी बतास जस्तै हौकि तिमी
सावनको भेल जस्तै बहकने तन
बादल सँग लुकामारी खेल्ने होकि भन ?

जीतको बाजी तिम्ले लियौ हार मैले लिए
तिमी मेरो नभएनी तिमी खुसी बन
बादल सँग लुकामारी खेल्ने होकि भन ?

उडिजाने हुरी जस्तै उड्ने तिम्रो मन
बादल सँग लुकामारी खेल्ने होकि भन ?