चर्किएको ऐना सरि हाम्रो मायाँ फुट्यो

छुट्नु थियो छूटेउ हामी सम्बन्धनै टुट्यो 
चर्किएको ऐना सरि हाम्रो  मायाँ फुट्यो ।

अल्झिएर बस्नु कति तिमी आउछौ भनी
दोसा दोसको कारणले गन्तब्यनै छुट्यो

मलाई दोश लगाई सारा तीमी हिडे पछि
बियोगका लामहरु नचाहदै जुट्यो 

बग्दै थियो खोला बनी कललल पानी 
तिम्रो मेरो बिछोड संगै त्यै खोलानै सुक्यो

छुट्नु थियो छूटेउ हामी सम्बन्धनै टुट्यो 
चर्किएको ऐना सरि हाम्रो मायाँ फुट्यो ।