देश बनाउने सपनाहरु कागजमा फालेर सकिने छ

मेरो देशको ढुकुटि सभासदहरु पालेर सकिने छ 
देश बनाउने सपनाहरु कागजमा फालेर सकिने छ ।

नेता कार्यकर्ताहरु राहत वितरणको तय गर्दा गर्दै 
गरिव जनताको आङ्को लुगा टालेर सकिने छ 

विदेसी अर्बौ अनुदान राहत जनताले कुरेर बस्दा 
नेताहरुले हेली र कार्पेटमा हालेर सकिने छ

अब पनि सरकारले कोरोना कहरमा हेरेन भने 
गरीब जनताहरुलाई कोरोनाले मारेर सकिने छ

मेरो देशको ढुकुटि सभासदहरु पालेर सकिने छ 
देश बनाउने सपनाहरु कागजमा फालेर सकिने छ ।