सपना साकार होस भनी माङ् सँग, हात जोडेको थिए

धेरै सपनाहरु बोकेर मैले, परदेश रोजेको थिए
सपना साकार होस भनी माङ् सँग, हात जोडेको थिए ।

आफ्नो जन्मभुमि छोडेर टाढा, जाने मन नहुँदा नहुँदै
देश र राष्ट्रप्रेमको मायाँ मोह, रुदै तोडेको थिए

अरबको कर्ह्रो घाममा, पसिना बगाएरै भएपनी
भोलिको मिठो भविस्य होस भनी, सोचेको थिए

हजार कठोर अप्ठ्यारा बाटाहरु, थिए जतै ततै
दुई चार पैसा कमाई घर फिर्न, खोजेको थिए

धेरै सपनाहरु बोकेर मैले, परदेश रोजेको थिए
सपना साकार होस भनी माङ् सँग, हात जोडेको थिए ।

Note:
लिम्म्बु भाषामा “माङ्” भनेको भगवान बुझाउछ