तिमी जून हौ, या तारा ?

कविता: तिमी जून हौ या तारा ?

त्यो माथि नीलो आकाश छिचोल्दै
अझ माथि आकाश गङ्गा भित्र
हजारौ ताराहरु छन
ति ताराहरु भन्दा फरक केही ताराहरु छन
जस्तै: शनि, शुक्र, ब्रिहस्पती आदी आदी
र ति सबै ताराहरु भन्दा एउटा फरक
ठुलो र उज्यालो जुन छ
हो त्यही जुन र अन्य ताराहरुलाई
म प्रत्येक साँझ नीयाल्ने गर्छु
र त्यही मध्ये कुन हो मैले खोजेको
त्यो मैले कहिल्यै पाउन सकेको छुईन ।
म सानो छदा
तल्लाघरे तुम्मालाई मैले सोध्ने गर्थे
मेरी आमा कस्ती थि ?
तुम्माले भन्थिन
अती राम्री थीन, असल थिन
फेरी प्रश्न गर्थे
त्यति राम्री र असल मान्छेले
मलाई किन ९ महिनाको छदा छाडिन त ?
उत्तर दिन अल्छि मान्दै तुम्माले भन्नु हुन्थ्यो
तिमीलाई कहाँ त्यतिकै छाडेर गाइन र
उनि त साँझको पहिलो प्रहरमै
रातमा तिमीलाई कही केही हुन्छ कि भनेर
शुक्र तारा भएर तिमीलाई हेरी रहन्छिन
घामले पश्चिमको डाँडा काटेपछि
झपक्क साँझ पर्न लाग्दा
यदी तिमी आकाशमा हेर्छौ भने
एउटा चकिलो तारा देख्ने छौ
त्यो नै हो तिम्रो आमा
म अली उत्साहित हुदै सोध्छु
त्यस पछि ?
त्यसपछि जती अध्यारो बड्दै जान्छ
आकाशमा हजारौ ताराहरु भएर आउनेछिन
र औशिको त्यो निष्पट अध्यारोलाई
तिम्रो लागी उज्यालो बनि दिनेछिन
पुर्णिमाको रातमा उनी
चाहकिलो जून बनेर उदाउने छिन
एबम रितले सधैं तिम्रो रक्षा गरी रहन्छिन ।
त्यो दिन देखी मलाई दु:ख पर्दा मन रुदा
म माथिका सारा बादल छिचोल्दै
माथि माथि जुन-ताराको देश मा पुगेर
तिमीलाई आमा आमा भन्दै खोज्ने गर्छु
सोध्ने गर्छु मेरी आमा कहाँ छिन ?
मलाई कसैले जवाफ दिन सक्दैनन
बिना जवाफ म सधैं फर्कने गर्छु
यस्तै यस्तै कल्पनामा म सधैं हराईरहेको हुन्छु
सधैं मन मनै म तिम्लाई निर्दयी, स्वर्थी भनी गाली गर्ने गर्छु
अनी आफुलाई आफै सान्त्वना दिने गर्छु
तिमीमा पनि त आवस्य बाध्यताहरु थिए होलान
तिम्रो पनि त कहा रहर थियो होला र
बामे सर्ने नाबालकलाई चट्टै छाडेर जान
भाबिको लेखा भाग्यको खेल
तिम्रो र मेरो भाग्यमा शायद यस्तै लेखेको थियो होला
तिमी जहा रहेपनि तिम्रो आत्माले चिर शन्ती पाउने छ
यहीनै मेरो कामना छ आमा तिमिलाई
तिमी तिम्रो त्यो सन्सारमा सदा खुशी रहनु
सुखी रहनु
तिम्रो मायाँ स्नेह टाडै बाट पाएरनै होला
यहा म सुखी र खुशी सङ्ग बॉचेको छु
आपत विपतमा त्यही आकाशको ताराहरु हेर्छु
जुनलाई हेर्छु र मेरो दु:ख बिसाउने गर्छु
कहिले जून सङ्ग दुखेसो बीसौछु त
कहिले ताराहरू सङ्ग दुःख बिसाउने गर्छु
मलाई यकिन छैन
तिमी कुन हौ ?
तिमी जून हौ
या तारा ?
तिमी जून हौ
या तारा ?

श्री त्रिमोहन मा बि, सक्रान्ती बजार
कक्षा ९
२०५० साल कार्तिक ११ गते
पुरानो डायरी बाट