मनमा मिठो सपना बोकि
मनमा मिठो सपना बोकि
भविश्यको लामो यात्रा तय गरेर
म मेरो घरको त्यो उकालो बाटो लागे
काले गैरो, सक्रान्ती बजार हुदै
धान लह लह पाकेको द्रिस्य हेर्दै
म परदेश लागे ।
आतेस मन हजारौ कल्पनाहरुले छ्याप्पै रुझेको मस्तिस्क
अनि घरको असन्तुलन वातावरणले सधै रुने मन
यात्राको तिन जुरे पहाड र बाटामा फलेका कटुस टोक्दै
म जती टाढा हुदै जान्थे, उति मेरो मन शान्त हुदै जान्थे ।
लाहुरे हुन गल्ला सेलेक्सन पास गरेर
दाङ्गपाको त्यो एरिया सेलेक्सनको पल सम्झदै हिड्दा
बसन्तपुरको मिल्के गुरॉसले टक्क मनै अल्झाई दिन्थ्यो
सारा दुनिया बिर्सेर यतै बसौ झै भए पनि
गन्तब्यमा पुग्न बसको हरनले पुन ब्युझाई दिन्थ्यो
पोखराको फाईनल चुनौती सम्झदै
गल्लावाल दाई संग बस चडेर धरानको यात्रा शुरु भयो
यत्रामा सपनाका माला बुने
कती चुडिए कती गॉसिए
जे जसै भए पनी लाहुरे भएर केही मन शान्ती पाउनु थियो
साधारण खान लाउनको केहि समस्या नभए पनी
मानसिक तनाब बाट म टाढा भाग्नु मेरो बाध्यता थियो ।
एरिया सेलेक्सन पास गरे पछि
फाईनल सेलेक्सन पास गर्न
मैले भगवानलाई प्रार्थना गरे
मेरो प्रार्थनामा धन कमाउन होईन
मलाई हुने मानसिक तनाव बाट मुक्त हुन
र ति अवस्ता बाट टाढा भाग्नलाई मात्र
मेरो प्रार्थना भगवान सँग थियो ।
बसले कोक्रोमा नानी हल्लाएझै हल्लाए पछि
सरिरमा भएको अन्नपानी सकिएर हैरान भएको बेला
भेडेटारको डॉडाबाट गल्ला दाईले औलाउदै
हाउ केटा, तल देखिने सहर धरान हो भनेपछि
आजको गन्तब्यको अन्तीम ठॉउ थाहा पाए
त्यो देखेर यो सरिरमा पुन शक्ती मिल्यो
त्यो झिलीमिली शहर हेर्दै पोखराको कल्पना गरे ।
बिहानीको पहिलो प्रहर, हजारौको खैलाबैला
हजारौ युवाहरु आ-आफ्नै सपना बोकि
धरान क्याम्प प्रवेश भए
आ-आफ्ना गल्लाले ठाउ ठॉउमा राखेपछि
को.अ ०५ ख बस नम्बर खाम्लालुं गल्ला
भनेर उर्दी भयो
त्यसपश्चात
बस चड्ने हुकुम भए पछी
गल्ला दाईले हाम्लाई आदेस दिएर
भेडा बाख्रा खोरमा हुले झै
हामी तछाड मछाड गर्दै बसको सीटमा बस्यौ
घ्वार घुर गर्दै भानुचोक ओरालो बसले मोड लिएपछी
अन्तिम गन्तब्यको यात्रा सुरु भयो ।
कहिले लालु पाते फुल्यो बनैमा तिम्रो मॉया बस्यो मनैमा
त कहिले
छेक्यो छेक्यो देउराली डॉडॉ हुस्सु र कुहिरोले
जाँ गएपनी छोडेन कहिले माँयाको धुईरोले
गीत गाउदा गाउदै निदाएको पत्तै भएन
बर्दिबासमा खाजा पानी खानलाई गाडी रोकिए पछी
ऑखा मिच्दै खाजा पनी खाएर गाडी चडेर
मुग्लिंग हुदै पोखरा तीर ओरालो लाग्दा लाग्दै
बसले हाल्लाएर थाकेको शरीर
पत्तै नपाई भुसूक्क निदाईएछ।
गल्लादाईहरूको खैला बैला
लू उठ भाई हो, पोखरा क्याम्प पुगियो भन्ने सुनेर
हतार हतार आखा मिचदई झोला समाते
पुश महिनाको त्यो कठङ्ग्रिने जाडोमा जाडोले काम्दै
बस बाट ओर्लदा पर पस्ने गेटमा आखा ठोकियो
जहा ब्रिटिस क्याम्प पोखरा लेखिएको थियो ।
त्याहि गेटबाट भित्र पसेपछि जीवनको अर्को अध्याय शुरु भयो ।
हरेक दिन नया अनुभव र परिक्षा लिदै
प्रत्येक बुधबारको चौतारी परेड पार गर्दै
अन्तिम पास र फेलको नतिजा सुनाउने दिन
छाती नम्बर १७७ ब्रिटिश आर्मी भनेर मेरो नाम आएपछि
मेरो जीवनका केही लक्ष्यहरको
एउटा एमहत्वपूर्ण लक्ष्य पुरा भएको महशुस गरे
मेरी आमालाई सम्झे, भगवानलाई सम्झे
त्यसपश्चात लामो साँस फेरे
र सबैलाइ हात हल्लाउदै गुरुजीले भनेको ढोकातिर जादै
मनमा मिठो सपना बोकि लाहूरे भाएर पुनः क्याम्पभित्र पासे।
मनमा मिठो सपना बोकि लाहूरे भाएर पुनः क्याम्पभित्र पासे।
पुरानो डायरी बाट
रचना मिती: वि.सं २०५२ माघ १६ गते
पोखरा क्याम्प