मन्को बह बगि दिन्छ खोला बगेसरी

मन्को बह बगि दिन्छ खोला बगेसरी
पारी तर्यो जीन्दगीले मन रह्यो वारी

खियाई रहे जीन्दगीलाई डुङ्गा खिए सरी
रह्यो जीबन त्यही ठाउमै भुमरीमा परी
मायालुलाई सम्झे होला मुना मदन सरी
पारी तर्यो जीन्दगीले मन रह्यो वारी

बादलुले छेकी दियो चन्द्रमाको ज्योति
मायालुलाई सम्झि रहे डुङ्गा डुब्ने होकी
जीन्दगीनै उडि दिन्छ बादल उडे सरी
पारी तर्यो जीन्दगीले मन रह्यो वारी

मन्को बह बगि दिन्छ खोला बगेसरी
पारी तर्यो जीन्दगीले मन रह्यो वारी

डोबर,केन्ट, वेलायत

संगीतः शान्तिराम राई
स्वरः जगदीश समाल
रेकर्ड ३१ मे २००७