मन थामी सुन्नु हजुर लाहुरेको कथा

मन थामी सुन्नु हजुर लाहुरेको कथा
ईराक को सुनाउ कि अफगानको ब्यथा ?
संसारकै कथा

मानिस आफै सानो ठुलो, भेदभाव गर्छन
लडाई हुन्छ देश देशको आखिर निर्दोस मर्छन
कोसोभो को सुनाउ कि कारगिलको ब्यथा
नेपालको सुनाउ कि बेलायतको कथा ?
संसारकै कथा

छैन रैछ शान्ति कतै, मेरै देश रोएको छ
दाजु भाईको झगडाले, रगत बगेको छ
सुन्छु सधै देख्छु एस्तै मेरै देशको ब्यथा
स्वदेशको सुनाउ कि, परदेशको कथा ?
संसारकै कथा

मन थामी सुन्नु होला लाहुरेको कथा
ईराक को सुनाउ कि अफगानको ब्यथा ?
संसारकै कथा

संगितः शुसील विस्वकर्म
गायकारः बिस्व नेपाली
रचनाः सुरेन्द्र ईङ्नाम
रेकर्ड मितीः जुलाई २८ २०१२