माथि पर्यो लेख, जंगल, तल पर्यो बेसी
माथि पर्यो लेख, जंगल, तल पर्यो बेसी
म त सधै रमाउछु है, मेरै गाउँघर देखी
मिर्मिरे त्यो घाम सँगै, हेर्ने गर्छु हिमाल
कोईलि भन्छे कोहो कोहो, मेरै हिमाल पहाड
पर पर्यो ह्वाकु डाँडा,वर ईवा वेसी
मत सधै रमाउछु है, मेरै गाउँघरदेखि
छङ् छङ् गर्ने झर्ना खोला, मिल्छ तमोरमा
घैला लिइ पानी भर्छिन, बोकी कम्मरमा
याँबन देखि धाउने गर्छु, कालिपाको बेसी
म त सधै रमाउछु है, मेरै गाउँघर देखी
माथि पर्यो लेख, जंगल, तल पर्यो बेसी
म त सधै रमाउछु है, मेरै गाउँघर देखी