म त हारे धेरै, तिमी कहिल्यै नहार्नु

म त हारे धेरै, तिमी कहिल्यै नहार्नु
म त रोए धेरै, तिमी कहिल्यै नरुनु

चट्याङ् पर्दै हराए झै, भयो हाम्रो नाता
विलाएको हिउँ सरि, भयो हाम्रो मायाँ
सम्झौताको भुमरीमा तिमी कहिल्यै नपर्नु
म त रोए धेरै, तिमी कहिल्यै नरुनु

कस्तो अनौठो भाग्य, साट्न लमिल्ने
साटेपनि सबै, मुटु फाल्न नमिल्ने
त्यै मुटुलाई सँगाल्दै, मलाई कहिल्यै नभुल्नु
म त रोए धेरै, तिमी कहिल्यै नरुनु

म त हारे धेरै, तिमी कहिल्यै नहार्नु
म त रोए धेरै, तिमी कहिल्यै नरुनु

रचना मिती १३ जुलाई २०१२
सेरीया, ब्रुनाई