रोएर जीन्दगी ब्यर्थ छ, मै सँग हास्न सक्छौ

पुरानो मायाँ सम्झि, अझै मायाँ लाउन सक्छौ।

भाग्यले जुरायो हाम्लाई, समयले पर्खन सकेन
दैवले छुट्टायो हाम्लाई, पाइला रोकिन सकेन।
जंगारहरु त छदैछन, तै पनि बोलाउन सक्छौ
पुरानो मायाँ सम्झि, अझै मायाँ लाउन सक्छौ।

पृथ्बि गोलो छ भन्छन, घुमेर फेरी आउन सक्छ
अन्जानैमा टुक्रेको मुटु, फेरी पनि जोडिन सक्छ।
हाम्रो कुनै गल्ति थिएन, अझै मलाई सम्झिन सक्छौ
पुरानो मायाँ सम्झि, अझै मायाँ लाउन सक्छौ।

रोएर जीन्दगी ब्यर्थ छ, मै सँग हास्न सक्छौ
पुरानो मायाँ सम्झि, अझै मायाँ लाउन सक्छौ।

रचना मिती २४ जुन २०१०
रोलेस्टन क्याम्प, सेल्सवरी
बेलायत