सम्झना भै ह्रिदयमा बस्ने मेरी मान्छे,
सम्झना भै ह्रिदयमा बस्ने मेरी मान्छे,
रुवाएर कहिले काहि सताउने गर्छे
कति पीर लुकाएर म सँग हास्छे
छरिएका वेदनालाई पोको पारी बस्छे
मुटु भरी चोट बोकि बस्ने मेरी मान्छे,
रुवाएर कहिले काहि सताउने गर्छे
जवानीमै म सँग मायाँ किन लाएनौ
ढिलो भयो मलाई भन्न साथ तिम्ले पाईनौ
त्यो दिनको चिट्ठि हेरी बस्ने मेरी मान्छे,
रुवाएर कहिले काहि सताउने गर्छे
सम्झना भै ह्रिदयमा बस्ने मेरी मान्छे,
रुवाएर कहिले काहि सताउने गर्छे
सुरेन्द्र ईङ्नाम
रचना मिती २२ जुलाई २०१२