ए बादल ए आकास, मलाई पनि सँगै लैजाउ न

ए बादल ए आकास, मलाई पनि सँगै लैजाउ न
गार्हो भो बाच्न यो संसारमा, मलाई सँगै भगाउ न

स्वार्थि छन दुनियाँ यहाका, आफ्ना लागी ज्यान दिन्छन
हेर्दैनन् फर्केर अरुलाई, मौका पाए ज्यानै लिन्छन
ए खोला ए छालहरु हो, मलाई पनि सँगै लैजाउ न
गार्हो भो बाच्न यो संसारमा, मलाई सँगै भगाउ न

कहिले झर्ने यिँ फुलहरु, कहिले पलाउने मुनाहरु
बाँच्न सक्दिन धर्ति आमा, गन्दै ति भोलिका दिनहरु
ए भगवान, ए सृष्टि, पापीलाई सुबुद्धि दिलाउ न
गार्हो भो बाच्न यो संसारमा, मलाई सँगै भगाउ न

ए बादल ए आकास, मलाई पनि सँगै लैजाउ न
गार्हो भो बाच्न यो संसारमा, मलाई सँगै भगाउ न