तिमी रुज्ने त्यो झरिमा, म किन रुज्दिन र?

तिम्लाई दुखे त्यो मुटूमा, मलाई किन दुख्दैन र?

सयर हौ हामी रथको, अल्झि दुई किनारमा
यात्रा हाम्रो एकै हो, सँगै पुग्ने गन्तब्यमा
तिमी अल्झिए त्यो खाडलमा, म किन अल्झिन्न र?
तिम्लाई दुखे त्यो मुटूमा, मलाई किन दुख्दैन र?

यात्रा हाम्रो लामो छ है, एकै साथ गुड्नु पर्छ
एक आपसको साहरामा, त्यो घुम्तिलाई छोड्नुपर्छ
तिमी पुगे त्यो गाउँमा, म किन पुग्दिन र?