मुटु सारै दुख्छ खै किन किन

मुटु सारै दुख्छ खै किन किन
बल्छि रहन्छ सधै छिन छिन

कुन मोड हुदै कहा पुगीने हो
सम्हालिदै जादा कता ठोकिने हो
सम्झेर रुन्छु म हर दिन
बल्छि रहन्छ सधै छिन छिन

अल्झेको हुन्छ आशा सानै तुनामा
बल्झेको हुन्छ ब्यथा चारै कुनामा
मुटु सारै दुख्छ खै किन किन,
बल्छि रहन्छ सधै छिन छिन