तिम्ले चोट दिए पनि, चोटको बदला मायाँ दिन्छु

दोबाटोमै छाड्यौ मलाई, के भयो र एक्लै जीउछु ।

धनको पछि लाग्यौ तिमी, म गरिवलाई छोडेर
सम्पतिलाई ठुलो ठान्यौ, साँचो मायाँ तोडेर
धुलो सरि सम्झनेलाई, धुलो सरि बनि दिन्छु
दोबाटोमै छाड्यौ मलाई, के भयो र एक्लै जीउछु ।

धन हुनेको मुटु हुन्न, मुटु हुनेको धन हुन्न रै छ
दुनियाँलाई आफ्नै सम्झि, बिस्वास गर्नु हुन्न रै छ
भर कति पर्यो उन्को हरपल सधैँ देख्ने गर्छु
दोबाटोमै छाड्यौ मलाई, के भयो र एक्लै जीउछु ।

तिम्ले चोट दिए पनि, चोटको बदला मायाँ दिन्छु
दोबाटोमै छाड्यौ मलाई, के भयो र एक्लै जीउछु ।

रचना मिती १४ नोभेम्वर २०१२