पत्थर होईन मन, पगाल्न नसकिने

तिमी रुदै बस्छौ भने, मैले के गर्ने ?
सधै दुखि हुन्छै भने, मैले के भन्ने ?

पत्थर होईन मन, पगाल्न नसकिने
बालुवा होईन जीवन, पानी रसिजाने
मन्लाई पत्थर सम्झेउ भने, मैले के गर्ने ?
सधै दुखि हुन्छै भने, मैले के गर्ने ?

हजार छन मिल्ने बाटाहरु, त्यो बाटोलाई रोज्न सक्छौ
कुन बाटोले सँगै लान्छ, त्यै बाटोलाई खोज्न सक्छौ
बाटै रोज्न मान्दैनौ भने, मैले के गर्ने ?
सधै दुखि हुन्छै भने, मैले के भन्ने ?

तिमी रुदै बस्छौ भने, मैले के गर्ने ?
सधै दुखि हुन्छै भने, मैले के भन्ने ?

५ डिसेम्बर २०१२
सेरिया, ब्रुनाई