झस्किदैछु आज त्यसै, सम्झिएर ति दिनलाई

झस्किदैछु आज त्यसै, सम्झिएर ति दिनलाई
बितेका पल मिठो लाग्यो, सम्झिएर यिँ दिनलाई ।

धेरै रैछ गर्नु यहा, दिन हुँ दिन ढल्दै जादा
धेरै कमजोर हुदो रै छ, पिरहरुले पेल्दै जादा ।
यै पिरलाई खुसी ठान्छु, सम्झिएर ति दिनलाई
बितेका पल मिठो लाग्यो, सम्झिएर यिँ दिनलाई ।।

भन्छन सबै भगवानले, साथ दिन्छ हर दुःखमा
झुटो रैछ त्यै भगवान, साथ दिन्छ हर सुःखमा ।
यै दुःखलाई खुसी ठान्छु, सम्झिएर ति दिनलाई
बितेका पल मिठो लाग्यो, सम्झिएर यिँ दिनलाई ।।

झस्किदैछु आज त्यसै, सम्झिएर ति दिनलाई
बितेका पल मिठो लाग्यो, सम्झिएर यिँ दिनलाई ।

सुरेन्द्र ईङ्नाम
रचना मिती: ०१ जनवरी २०१३
ब्रुनाई