सताउथ्यौ तिम्ले मलाई भेट्न भनी हर दिन

सताउथ्यौ तिम्ले मलाई भेट्न भनी हर दिन
छोडि जानु थियो भने रुदै मायाँ लायौ किन?

हाम्रो प्रेमलाई साकार पार्न देउरालीलाई पुज्यौ
तिमी विना एकपल पनि बाच्दिन म भन्थ्यौ
खै त आज बाँचे कै छौ मै विना नी हर दिन
छोडि जानु थियो भने रुदै मायाँ लायौ किन?

तिमी सँग छुटेएता बाँच्न गार्हो भा छ
मेरो कशम चोखो माया तिमी सँगै ला छ
सिकन त्यो पापिनीको जाली मन भरी दिन
छोडि जानु थियो भने रुदै मायाँ लायौ किन?

रचना मिती: ४ में २०१३
सेरिया क्याम्प, ब्रुनाई