जीन्दगीका मोडहरुमा, एउटा मोड पार गरे

जीन्दगीका मोडहरुमा, एउटा मोड पार गरे
वारी बाट नियालेर, त्यही पारी बास सारे ।

भविश्यका दिनहरुलाई, कस्ले देख्न सक्दो रै छ
लेखिएको कर्मलाई, कस्ले फेर्न सक्दो रै छ
यहि कर्म डोर्याउदै, सके जति सास फेरे
वारी बाट नियालेर, त्यही पारी बास सारे ।

यै जनममा लेखि देउ, यै जीन्दगी दाश हुन्छ
सुखि जीवन जीउनलाई, बाँचुन्जेल आश हुन्छ
बाँचुन्जेल आश लिई, सधै मैले आश गरे
वारी बाट नियालेर, त्यही पारी बास सारे ।

जीन्दगीका मोडहरुमा, एउटा मोड पार गरे
वारी बाट नियालेर, त्यही पारी बास सारे ।

रचना १८ जुन २०१४
फोक्स्टन, बेलायत ।