बोल्ने शक्ति छैन हजुर मेरो यो ओठमा

बोल्ने शक्ति छैन हजुर मेरो यो ओठमा
मेरो देश शोकमा छ भुकम्पको प्रकोपमा

सबै मिली हातेमालो गर्ने दिन आएको छ
भत्किएका सम्रचना अब हाम्ले बनौनु छ
ओत छैन, गोठ छैन मरि रहेछन भोकमा
मेरो देश शोकमा छ भुकम्पको प्रकोपमा

आज हाम्ले नबनाए, कस्ले यो देश बनाउला
एक आपसको हानथापमा समय त्यसै खेर जाला
सबै जुटि सुरु गरौ सकौ काम समयमा
मेरो देश शोकमा छ भुकम्पको प्रकोपमा

बोल्ने शक्ति छैन हजुर मेरो यो ओठमा
मेरो देश शोकमा छ भुकम्पको प्रकोपमा

रचनाः २ मे २०१५
किङ्स कलेज अस्पताल, लण्डन