गर्व लाग्छ फर्फराउदा, मेरो आफ्नै शान

गर्व लाग्छ फर्फराउदा, मेरो आफ्नै शान
९ जिल्ला अरुण पुर्ब, मेरो लिम्बुवान ।

लिम्बुवानको शिर उच्च, फक्ताङ्लुङ माथि
हरा बरा बनौ अव, सबै मिली साथि
लाम माथि लाम लागी, गरौ अब काम
९ जिल्ला अरुण पुर्ब, मेरो लिम्बुवान ।

बलिदान दिन परे, दिन्छौ हाम्रो ज्यान
बिकासको बाटो खोज्छौ, बनि स्वाभिमान
झलmमल चम्किन्छ है, उदाउदा घाम
९ जिल्ला अरुण पुर्ब, मेरो लिम्बुवान ।

गर्व लाग्छ फर्फराउदा, मेरो आफ्नै शान
९ जिल्ला अरुण पुर्ब, मेरो लिम्बुवान ।

रचनाः २ अगष्ट २०१५
किङ्स कलेज अस्पताल, लण्डन