यहा एउटा सुन्दर, घर बनाउनु छ

यहा एउटा सुन्दर, घर बनाउनु छ
त्यै घरमा तिमीलाई, सजाउनु छ ।

तिमी हिड्ने बाटोहरु फुलहरुले सजाउला
सिउदोमा सिन्दुर हाली आफ्नै बनाउला ।
सपनाको महल होईन सानो घर बनाउनु छ
त्यै घरमा तिमीलाई, सजाउनु छ ।

सात फेरो लगाएर बाँचा कशम खाएको छु
आफ्नो भनि तिमीलाई यो मुटूमा राखेको छु ।
तिमी बस्नो एउटा सानो घर बनाउनु छ
त्यै घरमा तिमीलाई, सजाउनु छ ।

यहा एउटा सुन्दर, घर बनाउनु छ
त्यै घरमा तिमीलाई, सजाउनु छ ।

सुरेन्द्र इङ्नाम
रचनाः ०४ जुन २०१८
मेडिस्टन