पहिले जस्तो सुन्दर छैन, मेरो गाउको काले बन

गजल:
पहिले जस्तो सुन्दर छैन, मेरो गाउको काले बन
त्यै भएर उदास उदास, भएको छ मेरो मन ।

जताततै फडानिले, बन जङ्गल मासे पछी
नाङ्गीईदै गएका छन, बन पखा हरेक दिन

हरियाली सकिएर, बनपाखा सुख्खा भएपछी
दिनानु दिन धरतिको तापक्रम बडेको छ झन

यसरीनै बन जङ्गल हाम्ले सबै मास्यौ भने
बुझी राख प्रिथ्बिको आयु पनि घट्दै गाको गन

पहिले जस्तो सुन्दर छैन, मेरो गाउको काले बन
त्यै भएर उदास उदास, भएको छ मेरो मन ।