गजल: चौतारी त सुहाएको, पीपलु र बरले

चौतारी त सुहाएको, पीपलु र बरले
जिन्दगी यो अल्झिएको, माँया तिम्रो भरले

हजार सवालहरू, अल्झिरहेका छन मन भित्र
पोख्न सारै गार्हो भयो, माँया तिम्रो डरले

जव तिमि मेरो सामु आई, मन्द श्वास लियौ
चुपचाप बस्न गार्हो भो, माँया तिम्रो करले

टप्प टिपी लैजाऊ लौजाऊ, लाग्छ सधै यो मन
कहा हुदो रहेछ र हजुर, मेरो मात्र यो रहरले ।

चौतारी त सुहाएको, पीपलु र बरले
जिन्दगी यो अल्झिएको, माँया तिम्रो भरले