घमण्ड ।

घमण्ड ।

आकासमा उड्ने पंछि देखेर
तिमी त्यहि पंछ बनेर उड्न खोज्छौ
समुन्द्रको गहिराईमा वेल पौडेको देखेर
तिमी इन्जिन विनाकै सवम्यारीन डुवाउन आतुर छौ
किनकी तिमिमा घमण्ड छ ।

पल्लाघर काकाले घोडा चडेको देखेर
तिमी घरको धुरी चडेर कुदाउन खोन्छौ
माथिल्लोघर बडाको शिक्षक्को जागीर देखेर
तिम्रो ल्यागतले नभ्याएपछि
पढ्ने विद्यार्थिलाइ छताछुल्ल बनाउछौ
नानाथरिको आरोप लगाइ तिमी आतङ्क गर्छौ
किनकी तिमिमा असहय घमण्ड छ ।

तिमि घर भित्रै बसेर
तिमि घरभित्रै बसेर आखी भ्यालबाट संसार देख्न खोज्छौ
तिम्रा मन्का जेट् फाइटर उडाएर संसार बुझ्न खोज्छौ
तर फिका तिम्रो मन् हो
नत तिमी अंधकार सुन्सान कोठामा बसेर संसार हेर्न सक्छौ
नत मन्का जेट् फाइटर उडाएर संसार बुझ्न सक्छौ
यो त केवल तिम्रो दुस्सास मात्र हुन
किनकी तिम्रो मन मस्तिष्कमा अचुर घमण्ड छ ।

भौतारिन्दै हिडेको बहुला कुकुरको जस्तै तिम्रो बानी
नत तिमिमा स्थिरता छ, न त कुनै गति र प्रवाह छ
छ त केवल रेबिजले खाइसकेका तिम्रो मस्तिस्क छ
त्यसैले तिमीमा कुनै इमान्दारिता छैन
मन मस्तिस्क भरी रेविजका ¥यालहरु बोकेर
ज–जसलाइ जता भेट्छौ त्यतै टोक्दै हिडछौ हिड्छौ
एकमाथि अर्को गर्दै हजारौलाइ तिमी पक्कै सार्दै हिड्नेछौ
त्यसैले याहाँ मान्छेहरु सतर्क छन
खबरदार कसैलाइ टोक्ने कुकुरले भोली तिमिलाइ टोक्न सक्छ
त्यसैले होसीयार तिमी रेबिज लागेको कुकुरको पछी दौडिनेहरु हो
आज त तिमि ठिक छौ तर भोली तिमीलाइ पनि यो रोगले छुन सक्छ
किन कि तिम्रो मस्तिष्कमा पनि उस्को जस्तै अचुर घमण्ड छ ।
किन कि तिम्रो मस्तिष्कमा पनि उस्को जस्तै अचुर घमण्ड छ ।

रचनाः
२ सेप्टेम्बर २००८
सर जोन मोर ब्यारेक
शर्नक्लिफ