किन आज मेरो गाउको माँया सारै लाग्छ नि

किन आज मेरो गाउको माँया सारै लाग्छ नि
सम्झि ल्याउदा बिगतलाई भोक निद भाग्छ नि

रन वन गाउ घर वर पर बेग्लै भाको होला
पुरानो त्यो मेरो घरलाई खरले छाको होला
काले गैरो याबन गाउको सारै याद आउछ नि
सम्झि ल्याउदा बिगतलाई भोक निद भाग्छ नि

परदेशिनु बाध्यता हो देश सम्झे मन रुन्छ
दु:खै संग परदेशमै छु स्वदेश फिर्न कहिले जुर्छ
परदेशमा कोहि हुन्नन सधै डर लाग्छ नि
सम्झि ल्याउदा बिगतलाई भोक निद भाग्छ नि

किन आज मेरो गाउको माँया सारै लाग्छ नि
सम्झि ल्याउदा बिगतलाई भोक निद भाग्छ नि

रचना मिती: १६ अगष्ट २०२१

मेडिस्टन, यूके ।