नयाँ वर्ष २०७८

नयाँ वर्ष
नोवेम्बर महिना बर्षको करिब अन्तिम अन्तिम महिना
चाइनाको वूहान मा एउटा अनौठो रूघाखोकि भेटिन्छ
जून अरु जस्तो साधारण रूघाखोकि देखिदैन
एक बाट दुई दुई बाट चार हुँदै सारा शहर भरी एकै छिनमा फैलिन्छ ।
केही दिन वा हप्ता बित्दा नबित्तै सयौको ज्यान लिन्छ
त्यहा बाट फैलिएर धेरै देशमा पुग्न थाल्छ
बैज्ञानिकहरुले यस्लाई कोरोनाको नाम दिन्छन
कोभिड १९ वा नोभल कोरोना भनेर यस्को चिनारी दिन्छन
सन २०२० को शुरुवात सँगै यस्ले माहामारीको रुप लिन्छ
र विश्व तरङ्गित हुन्छ ।
एक देश बाट अर्कों देशमा प्रवेश निषेध गर्न थालिन्छ
एती गर्दा गर्दागर्दै पनि यस्ले रूप फेर्दै
कहाँ कता र कसरी
एक देश बाट अर्कों देशमा पुगेर पुनः बिधङ्स मच्चाउदै
लाखौको ज्यान ली सकेको छ।
खोपको उत्पती भए पछी
यस्लाई निर्मुल पार्न सकिन्छ भन्ने
आशाहरू पनी निराश होला झै भा छ
किनकि कोरोनाले रूप फेरी रहन्छ
र खोपले मार्न नसक्ने बन्छ ।
सन २०२० को अन्त्यतिर आएर
बैज्ञानीकहरूले बल्ल तल्ल
धेरै खालका दबाईहरू बनाएका छन
त्यस पछि बेलायतमा कोरोनाको कहर घटदै गएको छ ।
बिक्रम सम्वत २०७७ साल भरि दुःख दर्द मात्र होईन
कतिका बाबा खोसिए कतिका आमा खोसिए
कतिका सिउदो पूछिए र चुरा फूटिए ।
यो आउने नयाँ वर्षको २०७८ को आगमन सङ्गै
कोरोनाको कहर घटेर जावोस,
जन धनको क्षति नहोस
हामी सबैले पहिलेको जस्तै शुख शान्तिले बाच्न पाऊँ
हासी खुशी रम्न पाऊ ।
यहिनै मेरो भगवान सङ्ग प्रार्थना छ
र मेरो तर्फबाट
सबै सबैलाई नयाँ वर्ष २०७८ सालको को कोटी कोटी शुभकामना छ ।
कोटी कोटी शुभकामना छ ।
कोटी कोटी शुभकामना छ ।