गीति कथा शिर्षकः जिन्दगी

गीति कथा शिर्षकः जिन्दगी

कति अनिश्चित छ यो जिन्दगी पनि कहिले श्रावणको भेल बनेर ति अग्ला डाँडाँहरु बाट पाखा पखेरु हुदै समुन्द्रमा मिसिनु पर्ने त कहिले शिशिरको उजाडमा उदास मन लिएर हिड्नु पर्ने त कहिले वशन्तको हरियालीमा मधुपवन बनेर रमाउदै हिड्नु पर्ने । यसरीनै खुसीमा हाँसो छर्दै अनि दुःखमा आँशु बगाउदै जसै बिताउनै पर्दो रहेछ यो तुच्छ जिन्दगीलाई ।

यसरीनै सुरजले पनि वादलरुपी जिन्दगी लिएर कहिले हाँसो अनि कहिले आँशु सँग सङ्घर्स गर्दै भए पनि आफ्नो यात्राको क्रमलाई अगाडि बडाई रहेको थियो । भाग्यको खेल भनौ या भावीको लेखा भानौ, सौभाग्य या दुर्भाग्य, वश उ अचानक भर्ती भएर बिदेशीन पुग्छ ।

हुनत मानव भएर जन्म लिए पछि जस्तै परिस्थिति लाई पनि सामना गर्नलाई संघर्स गर्नुनै पर्दो रहेछ, सबै भन्दा धेरै हामी गाँस बास र कपासको लागि सङ्घर्स गर्ने गछौ । यहि समस्याका कारण यसरी सुरज विदेशीनु पर्दा उस्लाई नरमाईलो नलागेकोत होईन तर घरको स्थिति नाजुकै भएकोले भविष्यको लागि उ आफ्नो प्रेमिका, बाबा आमा र आफ्नो मातृभूमिलाई छाडेर जानु परेको हो । उ अहिले सम्झन्छ कस्तो थियो सोचाईहरु अनि अहिले के बनिदियो, सोचे जस्तो काहापो हुदो रहेछ र यो जिन्दगी पनि  (गित)

२०५१ साल पौष १७ गते, तदानुसार सन १९९५ डिसेम्बर ४, सुरज बेलायतको  चर्च क्रुखम भन्ने ठाँउ पुगेको पनि हिजो १ महिना भईसक्यो, खै चिट्ठि पनि लेख्दैन छोराले, यसरीनै उस्का बाबा र आमाले कुरा गरिरहेका हुन्छन् । एता सुरजलाई भने आर्मि तालीम विहान झिसमिसे बाट शुरु भएर साँझको झिसमिसेमा सकिने गर्छ र केहिक्षण पनि फुर्सद नभएकोले आफ्नो बाबा आमा र प्रेमिकालाई चिट्ठि लेख्ने समय मिलेको हुदैन । उस्ले जमर्को त नगरेकोत होईन, तर के गरोस उस्लाई सधै समयको अभाव हुन्थ्यो । एक दिन वल्ल तल्ल घरमा चिट्ठि पठाउनको लागि लेखेर राख्न सम्म सफल हुन्छ, र केहि दीन पछि पोष्ट गर्ने समय पाउछ ।

केहि महिना पछि उस्का बाबा आमाले चिट्ठि पाउछन, तर उस्को प्रेमिका रोशु भने आसै आस्मा निरास बन्न पुग्छिन् । मनमनै सुरजलाई गालि गर्छिन अनि फेरि सम्झेर धेरै धेरै माया पनि गर्छिन, अनि मन्मा पुनः प्रश्न गर्छिन उस्लाईः के तिमिले जन्मभूमि छाड्दाका वाचाहरु झुटा थिए ? तिम्रा विदाईमा बगेका मेरा यी आँसुहरु वर्षादका झरिसरी मात्र थियो त ? यसरीनै रोशुले रातदिन सुरजलाई सम्झि सुकोमल हातले लेखिएका, मायालु सब्दले भरिएका पत्रको आसामा वियोगिएर बसिरहेकी हुन्छिन् । –(गितः यो सम्झना पनि कति नमिठो पवित्रा सुब्बा को स्वर)

रोशुले प्रत्येक पल गनि रहेकि हुन्छिन, आज त ५ महिना पनि भईसक्यो सुरजले घर छाडेको, सायद मलाई बिर्सि सक्यो होला, विदेशका परिहरुसँग उस्को मिलन भई एक आपसमा माया प्रीति गाँसी सके होलान नत्र त यतिका महिना सम्ममात धेरै नभए पनि एउटा सम्म त चिट्ठि लेख्न सक्थ्यो नि, यसरिनै आफ्नो अन्धो कल्पनामा डुबिरहेकी हुन्छिन् बिचरी रोशु ।

एक दिन अचानक उस्को हातमा एउटा चिट्ठि हुलाकीले दिन्छ, उस्ले अक्षरबाटै चिनी हालिन् सुरजले नै पठाएको भनेर, यसरिनै धेरै समय पछि पत्र पाउदा उस्लाई निस्पट अन्धकार औशीको रातमा दीप बलिदिएझै भान हुन्छ त्यसर्थ हतार हतार खोलेर पड्न थाल्छिन,

मिती २०५१ बैशाख २१ गते
मेरी प्रेयसी रोशु, स्मरणिय मायाका नवसौगातहरु तिमिलाई ।

यो टुक्रिएको मुटू अनि वेदनाले भरिएको जीवनलाई जस्तै परिस्थितिको जन्जारले बाँधेता पनि आज वा वर्तमान समय सम्मत आरामनै भन्न बाध्य छु, जे जस्तै भए पनि तिमीमा सदा आरामको कामना गर्न चाहन्छु, अनी कुसलनै छौ होला ।

रोशु, यो उराठ लाग्दो विरानो देश, परिवेशले दिएको अशहय पिडाहरु भरिएका छातिभित्रका वेदनाका सारा संसारलाई खोलेर सवै तिमीलाई लेखेर देखाउन नसकेता पनि समरी लेख्ने साहस जुटाएर आज धेरै समय पछि यो सेतो मरुभुमिलाई कालो मसिले रंगिन बनाउन सफल छु, गल्ती भएमा अज्ञानी सम्झि माफ दिनेनै छौ । रोशु यो संसार यस्तैनै रहेछ दुःख, दर्द, र पिडा सहनु पर्ने, जस्तोसुकै परिस्थिति आई परे पनि विवस भएर सामना गनुनै पर्दो रहेछ । रोशु यो भन्दा पहिले कति पत्र लेख्ने जमर्को मैले नगरेको त होईन, तर के गर्ने सैनिक अभ्यासले समयनै मिल्दैन थियो, आज पनि छोटो मात्र समय पाएर हतार हतार यो पत्र लेख्न बसेको हुँ । तिमिले सम्झौ होला मैले बिर्से भनेर, तर, तर यो कहिल्यै नसोच रोशु, जब सम्म यो प्राण रहन्छ तब सम्म तिमी मेरी हौ सिर्फ मेरी, जनम जनम मेरै हुनेछौ अरु कसैको हुन सक्दैनौ ।

रोशु फर्केर एकपल्ट सम्झि हेर त हाम्रा ति बिगतहरु, कति रमणीय थिए ति दिनहरु, अनि कसरी हाम्रो मिलन भएको थियो ? अनी स्कुलमा सँगै पडेका, खेलेका, केहि ठट्ठाहरु गरेका, अनि हाम्रा ति बाँचाहरु, भगवति सामु मागेका आशिर्वादहरु अनि प्रार्थनाहरु ।

रोशु तिमिलाई के थाहा कस्तो हुन्छ विदेशको यात्रा, कति दुःखमय हुन्छ भनेर, त्यो त केवल मलाई मात्र न थहा छ, तर जे जस्तै कठोर परिस्थिती आई परे पनि तिम्रो सम्झना अनि माया र बाबाको आशिर्वादले सजिलै आराम साथै यि दिनहरु बिताई रहेको छु, यो पर्खाईको घडि जतिनै लामो भएपनि चाडै भेट हुने आसा लिएर ।

अन्तमा सफल होस तिम्रो CL का Exam यहिनै मेरो शुभकामना, बस आजलाई यतिनै अर्को पत्रमा चाडै भेट्ने बाचा गर्दै यो निर्दोश कलम यहि बन्द गर्छु

उहि तिम्रो अमर प्रेमी
सुरज,
बेलायत बाट

पत्र पड्दा पड्दै आँसुको धारा बगि रहेको हुन्छ रोसुको, अनि चिट्ठीलाई धेरैबेर चुमिरहन्छिन, चुमिरहन्छिन । यसरी धेरै समय पछि आफ्नो प्रेमिले पठाएको चिट्ठि पाउदा कुन प्रेमिलाई नरमाईलो नलाग्ला र, यो लामो अन्तराल पछिको सुरजको चिट्ठि पड्दा रोसुलाई सुरजनै यहि कतै बोले जस्तो भान हुन्छ । आज भन्दा ५ महिना अगाडी सँगै हाँस खेल गरेको याद गर्छिन, धेरै समय अघिदेखि प्रेममा उनिहरु परेकाले एक अर्काको ह्रिदयमा बसि सकेका थिए । सुरजका नरम हातका स्पर्सहरु रोशुलाई अझै झल्झली याद आउछ अनि रोसुले पनि चिट्ठिको जवाफ लेख्न लगत्तै बस्छिन अनि रोशु पत्रको शुरुवात यसरी गर्छिन

मिती २०५१ बैशाख २१ गते
मेरो प्राण सुरज
लाखौ लाख सम्झना अनि आजिवन माया हजुरलाई ।

बदलिदो युग अनि वशन्त ऋतुको नव आगमन सँग सँगै जीन्दगीको कथित लामो यात्राको अन्तराल पछि तपाईको पत्र पाउदा म कति खुसी भए म आफैलाईनै थाहा छैन ।

तपाईले छोडेर परदेश लनगे पछि यो मेरो गाउघरनै बिरानो बनेको छ, सल्लेरी डाँडामा हावाले सल्ला सुसाउदा यो मन कुटुक्क खाने गर्छ र खै किन हो कुन्नि स्कुल, घरगोठहरुमा सधै एकोहोरो टोलाएर हराउने गर्छु र हर क्ष्।ण तपाईलाई नै देख्ने गर्छु ।  प्रभातकालमा क्षितिज बाट दिब्य ज्योति निस्कने मोति सँगै प्रेमको जनम् जनम् भर मोह बसाउने प्रबल ईच्छा काहा पुगेर पुरा हुने हो, यी सबै तपाईमा भर पर्ने छ । हेर्नोस म एक नारी हुँ म मेरो बाबा आमाको बिकल्पमा चल्न सक्दिन, त्यसर्थ म के भँनु बरु तपाई चाडै घर आउनु होला, सदा तपाईकै प्रतिक्षमा बसिरहेको हुनेछु, सिर्फ तपाईकै, तपाई विना म एक पल पनि बाच्न सक्दिन, किन कि हामिले अगाबै प्रण गरिसकेका छौ कि २ खोलाको किनार मिलेर एक दोभानमा एउटै किनारको युगल जोडी भई सँगै जीवन बिताउने, जस्तै भेल बाडी सँग पनि संघर्स गर्दै सँगै बाच्ने बाचा गरेका छौ ।

अन्त्यमा प्रवासी जीवन प्रति सदा सफल्ताको शुभकामना गर्दछु ।
तपाईकै म रोशु
धनकुटा बाट

यसरी छरपस्टिएका अक्षरहरुलाई जोडजाम गरी भत्किएको दिललाई थामेर आत्मा द्घारा कथित शब्दहरु ल्ेखि पठाउछिन रोशुले आफ्नो प्रीयतमलाई, उता सुरज पनि आफ्नै कल्पनाको सागरमा डुबेको हुन्छ । भौगोलिक दृष्टिकोणले जति टाडा रहे पनि माया र ममताले नजिकै रहेको महसुस गर्दछ मानौ रोशु त्यही पारि कतै हेरि रहेभैm चिहाई रहेझै, अनि सुरज सँग लुकामारी खेलिरहेझै महसुस गर्छ ।   (गितः– तिमी पारी त्यो गाउमा लुकि छिपी………..बोल्को, कन्दरा वेन्ड को )

यसरीनै सुरज र रोसुका दिनहरु बिती रहेको थियो, पत्रको आवात जावत भईरहेको थियो जहासम्म सफल्ता प्राप्त गर्नलाई तर जीन्दगीको जतिसुकै निचोड्मा पुगेता पनि अनि समय अनुकुल चलेता पनि राशुको केही लागेन, धेरै संघर्स गरिन सुरज सँग जीवन विताउन, तर उन्को बा–आमाले अर्कैसँग विवाह गरीदिने भयो, विगतमा कति वाचाहरु थिए सुरज सँगै जीन्दगी विताउने, ति सबै चुरा फुटे सरी भए, देखेकोले मात्र कहा हुदो रहेछ र भाग्यमा लेखेकै हुनु पर्दो रहेछ । आखिर रोशुले सुरजलाई अन्तिम चिट्ठि लेख्न सिवाय केहि रहेन ।

मितीः–२०५३ असार २९ गते
प्राण प्रिय सुरज
सम्झना साथै माँयाँ ।

जति यिबोग र बेदनाले तडपिएता पनि आज सम्म जीउन बाध्य छु । के गर्नु सुरज यो बादल जस्तो जीन्दगी हावाले जता लग्यो त्यतै जानु पर्ने, कैयौ डाँडा–पाखा, छहरा, खोला, कन्दराहरुमा ठक्कर खाँदै भए पनि आफ्नो यात्रा पुरा गर्नुनै पर्दो रहेछ । यसरीनै कति दुःख बेदनाहरु सहेर हिजो सम्म हजुरको सम्झना, प्रतिक्षामा तपाई आउने बाटो कुरेर बसेको थिए, कति रात अनि दीनहरु तपाईकै सम्झना र माँयाँ पाउने आशामा विताए । प्रिय सुरज यो हाम्रो प्रेमको मुनालाई हुर्काई बडाई यो साना सुन्दर बगैचामा फुलाई दिनु भएको थियो तर त्यो फूल तपाईले टिप्न नपाई अरु कसैले टिपेर लादैछ, जुन तपाईले सजाउनु पर्ने हो तर अरु कसैले सजाउनु लागेको छ । प्रिय के गर्ने मैले कति ईनकार गरे रोए, कराए, आखिर कस्ले सुनिदिने अनि बुझिदिने यो चुडिँन लागेको बेदनालाई, त्यस समय तपाई हुनुहुन्न थियो त्यसर्थ म एक्लैको यँहा केहि लागेन, आखिर बाबा–आमाले दिई पठाए ।

सुरज यो जनम्मा जे जस्तै भए पनि अर्को जनम्मा तपाइकै रोशु भएर जन्म लिनेछु, अनि सँगै जिउने मर्ने प्रण गर्दछु, तपाईलाई कहि जान दिन्न बरु दुःख सुख यहि केही गरेर खाँउला ।

लौत यो जनमको भेटलाई यतिमै अन्त्य गर्दछु अन्त्यमा पुनः आफ्नो स्वास्थ्यको सधै ख्याल राख्नु तपाई सानोमा धेरै दुःखले हुर्कनु भएको हो, चिसोमा चाडै विराम हुने गर्नु हुन्छ, सधै जोगिनु र आफ्नो ख्याल सधै राख्नु । जन्म दिने आमा सिवाय अरु कस्लेपो राम्रो ख्याल गर्लार मैलै यो लेखेर आगो माथि घिउ थप्न खोजेको होईन प्रिय तपाईको वेदना मैले राम्ररी बुझेको छु, हवस्त लेखाईमा गल्ति भए अभागिनी सम्झी माफ दिनु हुन्छ होला झन्दै टाडा हुदैछु ।

उहि म तपाईलाई तडपाउने घायल रोशु
छिन्ताङ्,
धनकुटा

आखिर के रहेछ र यो जिन्दगी ? सोचेको नहुनु रोजेको नपाउनु । खै यो जिन्दगीलाई कसरी ब्याख्या गरौ ? श्रावणको भेल जस्तो यो जिन्दगी, शिशिरको उजाड जस्तो यो जिन्दगी, केवल मरुतुल्य मात्र रहेछ यो जिन्दगी ।

(गितः मरुभूमि जस्तै छ यो जिन्दगी । स्वरः राजेश पायल राई)