दुनिया डराउने म सिपाही

मुक्तक १
गोली र बारुद सँग, सधै रमाउने म सिपाही
अफगानको मरुभुमिमा, कता कता हराउने म सिपाही
हर प्रहर हर पाईला, ज्यान धरापमा राखेर के भो र 
गोर्खालीको उपनामले, दुनिया डराउने म सिपाही ।
गोर्खालीको उपनामले, दुनिया डराउने म सिपाही ।