तिमी एउटा फुल हौ हजार आँखा लाग्छन्
तिमी एउटा संसार हौ हजार मन आट्छन्
हजार कोपिला पलाउदै फुल्ने फुल तिमी हौ
बगैचाबाट निस्कने त्यो सुवाश नि तिमी हौ
चारै दिशा चिहाई हेरे सब्ले तिमीलाइ हेर्छन
तिमी एउटा संसार हौ हजार मन आट्छन
कयौ मुटुमा दुखी दिने त्यो मुटुनी तिमी हौ
जहा अरु पुग्या छैनन् त्यहा पुग्ने तिमी हौ
एकैछिन रोकी हेरे आकाश्ले नि हेर्छन
तिमी एउटा संसार हौ हजार मन आट्छन्
तिमी एउटा फुल हौ हजार आँखा लाग्छन्
तिमी एउटा संसार हौ हजार मन आट्छन्

My social sites

सताउथ्यौ तिम्ले मलाई भेट्न भनी हर दिन

सताउथ्यौ तिम्ले मलाई भेट्न भनी हर दिन छोडि जानु थियो भने रुदै मायाँ लायौ किन? हाम्रो प्रेमलाई साकार पार्न देउरालीलाई पुज्यौ तिमी विना एकपल पनि बाच्दिन म भन्थ्यौ खै त आज बाँचे कै छौ...

घुम्टो ओडी जादैछौ आज तिमी डोली चडेर

घुम्टो ओडी जादैछौ आज तिमी डोली चडेर टाढा टाढा हुदैछौ तिमी आज मलाई छोडेर वेदनाका भेलहरु तर्ने कुनै ठाउँ होला विश्वासका बाटाहरु पुग्ने कुनै गाउ होला। यादहरु मन्मै राख्नु अर्को जन्मलाई साचेर टाढा टाढा...

झस्किदैछु आज त्यसै, सम्झिएर ति दिनलाई

झस्किदैछु आज त्यसै, सम्झिएर ति दिनलाई बितेका पल मिठो लाग्यो, सम्झिएर यिँ दिनलाई । धेरै रैछ गर्नु यहा, दिन हुँ दिन ढल्दै जादा धेरै कमजोर हुदो रै छ, पिरहरुले पेल्दै जादा । यै पिरलाई...

पत्थर होईन मन, पगाल्न नसकिने

तिमी रुदै बस्छौ भने, मैले के गर्ने ? सधै दुखि हुन्छै भने, मैले के भन्ने ? पत्थर होईन मन, पगाल्न नसकिने बालुवा होईन जीवन, पानी रसिजाने मन्लाई पत्थर सम्झेउ भने, मैले के गर्ने ?...

तिम्ले चोट दिए पनि, चोटको बदला मायाँ दिन्छु

तिम्ले चोट दिए पनि, चोटको बदला मायाँ दिन्छु दोबाटोमै छाड्यौ मलाई, के भयो र एक्लै जीउछु । धनको पछि लाग्यौ तिमी, म गरिवलाई छोडेर सम्पतिलाई ठुलो ठान्यौ, साँचो मायाँ तोडेर धुलो सरि सम्झनेलाई, धुलो...

मुटु सारै दुख्छ खै किन किन

मुटु सारै दुख्छ खै किन किन बल्छि रहन्छ सधै छिन छिन कुन मोड हुदै कहा पुगीने हो सम्हालिदै जादा कता ठोकिने हो सम्झेर रुन्छु म हर दिन बल्छि रहन्छ सधै छिन छिन अल्झेको हुन्छ...

तिमी रुज्ने त्यो झरिमा, म किन रुज्दिन र?

तिमी रुज्ने त्यो झरिमा, म किन रुज्दिन र? तिम्लाई दुखे त्यो मुटूमा, मलाई किन दुख्दैन र? सयर हौ हामी रथको, अल्झि दुई किनारमा यात्रा हाम्रो एकै हो, सँगै पुग्ने गन्तब्यमा तिमी अल्झिए त्यो खाडलमा,...

ए बादल ए आकास, मलाई पनि सँगै लैजाउ न

ए बादल ए आकास, मलाई पनि सँगै लैजाउ न गार्हो भो बाच्न यो संसारमा, मलाई सँगै भगाउ न स्वार्थि छन दुनियाँ यहाका, आफ्ना लागी ज्यान दिन्छन हेर्दैनन् फर्केर अरुलाई, मौका पाए ज्यानै लिन्छन ए...

पिल पिल बल्ने जुनकिरी बनी, आई दिनु साँझमा

पिल पिल बल्ने जुनकिरी बनी, आई दिनु साँझमा तिम्रै यादमा डुबिरहन्छु, उठाउनु मलाई बेहोसमा खोल्न सकिन मन्का कुरा, मेरो ह्रदयलाई सुनिदिनु शब्द छैन बोल्नलाई, मेरो मनलाई बुझिदिनु ढकमक्क फुल्ने फुल बनी, आई दिनु मनमा...

सम्झना भै ह्रिदयमा बस्ने मेरी मान्छे,

सम्झना भै ह्रिदयमा बस्ने मेरी मान्छे, रुवाएर कहिले काहि सताउने गर्छे कति पीर लुकाएर म सँग हास्छे छरिएका वेदनालाई पोको पारी बस्छे मुटु भरी चोट बोकि बस्ने मेरी मान्छे, रुवाएर कहिले काहि सताउने गर्छे...