कस्तो माया गाँसिएछ, सम्झना सधै आई दिन्छ

कस्तो माया गाँसिएछ, सम्झना सधै आई दिन्छ
त्यै सम्झनाले सधै मेरो मुटु दुखी दिन्छ

कहाँ छौ कुन्नि तिमी, कुन गाउमा छौ
तिमी जहा रहे पनि, मेरो मुटुमा छौ
कस्तो प्रित लाए मैलै, मनै जलि दिन्छ
त्यै सम्झनाले सधै मेरो मुटु दुखी दिन्छ

चखेवा झै वेग हानि, भेट्न मन लाग्छ
यो मनका कुरा सबै, भन्न मन लाग्छ
पिरतिले सताएछ, मुटू गलि दिन्छ
त्यै सम्झनाले सधै मेरो मुटु दुखी दिन्छ

कस्तो पिरती गाँसिएछ, सम्झना सधै आई दिन्छ
त्यै सम्झनाले सधै मेरो मुटु दुखी दिन्छ

डोबर, केन्ट
२६ ओक्टुर २००९