म आफैनै कहा बाँच्न सक्छुर
कविता: म आफैनै कहा बाँच्न सक्छुर
हिजो आज यो शहर
मैला, धैलाले मात्र हैन
गुड्ने गाडिहरु र लामा लामा रेलका काला धुवाहरुले
जताततै दुगन्धै दुगन्ध फैलिएको छ ।
सारा जङ्गलहरु फाँडेर ठुला ठुला गगन चुम्बि महलहरु बनेपछि
हरियाली नभएर बर्षादको कमिले यो सहर
फोहर र धुलोहरुको मुस्लो मोडारीदै घरका झ्याल, ढोका भित्रै पसेर
नाकै भाँचिने गन्ध आउन थालेको छ ।
यसरी त अब म यो शहरमा कती बाँच्न सक्छुर ?
विकसित राष्ट्रहरु नारा लाउदै भन्छन
ग्लोबल पोलुसन घटाउनु पर्छ
ग्लोबल वार्मिङ रोक्नलाई
ठुलठुला फ्याक्ट्रिहरु बन्द गरिनु पर्छ
माईनिङ कन्सट्रक्शनलाई बन्द गरिनु पर्छ
जताभावि जङ्गल फडानिलाई रोक्नु पर्छि
अझै भन्छन
एउटा बोट काटे २ बिरुवा रोप्नु पर्छ
बिलासितका साधनहरु छाडेर
सकेसम्म हिडेरै यात्रा तय गर्नु पर्छ
तव मात्र हावालाई स्वच्छ बनाउन सकिन्छ
अनि पृथ्बिको तापक्रम बिस्तारै घट्नेछ
तर खै ??
तर खै
तिनै विकसित राष्ट्रहरुनै
धुवाले आकासै कालो हुने गरि फ्याक्ट्रिहरु चलाई रहेका छन
सडकमा दिनानु दिन सवारी साधनह्रु थपेका थपेकै छन
जताततै रेलका लिखहरु थपेकै छन
त्यसैका प्रदुषणले यो पृथ्बि तातिएर
दिनानु दिन ग्लोबल वार्मिङ बड्दै गएर
सेताम्ये ति हाम्रा हिमालका हिउहरु पग्लिरहेकाछन
साथै प्रदुशित हावा र ताक्रम चारैतिर फैलिएर
आजकल मलाई सास फेर्न हाम्मे हाम्मे भैरहेको यहा
यसरी त अब म यो शहरमा कती बाँच्न सक्छुर ?
यसरी अब म यो शहरमा बाँच्न नसक्ने भएपछि
मैले शहर छाडेर गाँउ पसे
गाँउ पुगे लगत्तै
पहिलेको मेरो त्यो गाउ र आजको मेरो यो गाउ
सोचे भन्दा धेरै भिन्न भएको पाए,
उहिले मेरो गाउको त्यो काले बन
ठुला ठुला रुखहरुले निश्पट कालो थियो
आज तिनै काले बन तस्करिले मासेर नाङ्गै भएको पाए
जङ्गल फाडेर काठ र दौरा बालेपछि
नयाँ बृक्षरोपण र बन संरक्षण नगरिएर
जङ्गल मासिएर पानीको मुहान सुकेको पाए
जङ्गल मासिएर पानी नपरे पछि
खाने पानिको अभावले मेरा छिमेकिहरु बसाँई सरेको पाए
शहरमा सवारी साधनको प्रदुशणले आकास तातेझै
यहा हरियाली बिना वर्षात नभएर आकाश तातिएको छ
चारै तिर सुःखा सुःखा भएर पृथ्बि तातिए पछि
हावाले धुलो डङ् डङ् उडाई रहेको छ
त्यसैले मलाई एक मुठ्ठि सास लिन पनि गाह्रो भई रहेछ
यसरी त अब यो गाउमा पनि म कती बाँच्न सक्छुर
बाँच्न गार्हो भो अब मलाई यो पृथ्बिमा
सायद तपाईलाई पनि यस्तै भएको हुनु पर्छ
त्यसैले
त्यसैले अब आफु बाँच्नको निम्ति
आजै बाट यो प्रदुशणलाई रोक्न सक्नु पर्छ
५० वर्ष अगाडिको वातावरण फर्काउन सक्नु पर्छ
विकशित राष्ट्रहरुले बनाएका प्रदुषणका नियमहरुलाई
उनिहरुले तुरुन्तै लागु गर्नु पर्छ
यो पृथ्बि हाम्रो मात्र नभएर
हाम्रा भावि सन्ततिहरुको पनि भएकोले
स्वच्छ वातावरणलाई जोगाएर
हामिले उनिहरुलाई दिन सक्नु पर्छ
तर
यसरी दिन दिनै प्रदुशण बड्दै गए
ग्लोबल वार्मिङले यो पृथ्बि ध्वस्त भएपछि
म आफैनै कहा बाँच्न सक्छुर
म आफैनै कहा बाँच्न सक्छुर
सुरेन्द्र इङ्नाम
मेडिस्टन, यू के