किन किन धेरै पल्ट,मरी मरी बाँचे

किन किन धेरै पल्ट, मरी मरी बाँचे
छियाँ छियाँ मुटु पार्यौ, तर पनी हाँसे

एक्लै यात्रा गरी रहेछु, तिम्ले छोडे यता
आधा मुटु चुटाएर, तिमी लाग्यौ त्यता
त्यै मुटुमा मलम लगाई, आजसम्म बाँचे
छियाँ छियाँ मुटु पार्यौ, तर पनी हाँसे

सोच्दै थिए तिमीलाई, सपनीमा आए
हात माथि हात थाम्यौ, ब्युझे एक्लो पाए
किन किन आज पनि, तिम्रो यादमा बाँचे
छियाँ छियाँ मुटु पार्यौ, तर पनी हाँसे

किन किन धेरै पल्ट, मरी मरी बाँचे
छियाँ छियाँ मुटु पार्यौ, तर पनी हाँसे

रचना मितीः १५ जुन २०१२
सुरेन्द्र ईङ्नाम
टुकर लाईन्स
ब्रुनाई