बालापनको माया सम्झि, रुन्छ यो मन धुरुरु

फक्ताङ्लुङ्को शिरै माथि, हिउँ पर्‍यो फुरुरु
बालापनको माया सम्झि, रुन्छ यो मन धुरुरु

कोहिलीले भाका फेर्दै, रुन्छिन बनैमा
हजार पिर होलान्नी, बरै मनैमा
भेट होलाकी नि लोइ, कुनै समय
अर्को जुनिमा नि लोइ, अहिले नभए
कालिपाको शिरैमा, हावा चल्यो सुरुरु
बालापनको माया सम्झि, रुन्छ यो मन धुरुरु

याद आए तिम्रो हजुर्, हेर्ने गर्छु गीतैमा
लठ्ठै पारी रुवाएर, राख्ने गर्छु मनैम
तिम्रो फोटो राख्ने गर्छु, दिल्को भित्तैमा
कहिले तिम्लाई गीतमा पाउछु, कहिले मनैमा
सक्रान्तीको डाडै डाडा, चरी हुल उड्यो भुरुरु
बालापनको माया सम्झि, रुन्छ यो मन धुरुरु

फक्ताङ्लुङ्को शिरै माथि, हिउँ पर्‍यो फुरुरु
बालापनको माया सम्झि, रुन्छ यो मन धुरुरु