दोसाँधको भंगालोमा, मै आफैलाई पाँए

दोसाँधको भंगालोमा, मै आफैलाई पाँए
कर्मै रै छ खोटी मेरो, जीवन देखी हारे

जंगारहरु तरेर , तिम्रो सामु आए,
आसा दियौ साथ दिने, तर एक्लो पाए
अपुरो भो यात्राहरु, तिम्लाई नपाउनाले
कर्मै रै छ खोटी मेरो, जीवन देखी हारे

अन्धो भए मत हजुर, झुटो पिरतीमा,
तिम्ले दियौ चोटहरु, दुखि दिन्छ छातिमा
पागल रहेछ मायाँ भन्ने, मुटु दुखाई छाड्ने,
कर्मै रै छ खोटी मेरो, जीवन देखी हारे

दोसाँधको भंगालोमा, मै आफैलाई पाँए
कर्मै रै छ खोटी मेरो, जीवन देखी हारे

कोसोभो
२४ मे २००७