सागरमा मोति झिक्न, ब्यर्थ डुबे छु

सागरमा मोति झिक्न, ब्यर्थ डुबे छु
माया लाउन पौडी आए, किनार लागेछु

छामी हेरे तिम्रो मुटु, हिउजस्तै चिसो पाए
ब्यर्थ भयो साइनो गास्नु, मैले मात्र माया लाए
मेरै मन्को मझेरीमा, सपना देखे छु
माया लाउन पौडी आए, किनार लागेछु

उडी हिड्छ मन्की चरी, बादल्लाइ पार गरी
हराएछु पाईला कतै, धमिलियो झरि परि
बिसाल रै छ तिम्रो मुटु, डुबी रहेछु
माया लाउन पौडी आए किनार लागेछु

सागरमा मोति झिक्न, ब्यर्थ डुबे छु
माया लाउन पौडी आए, किनार लागेछु

डोबर
२७ डिसेम्बर २००७