सम्झनाले सताउछ आफ्नै घरगाउ

सम्झनाले सताउछ आफ्नै घरगाउ
बस्नु हुन्न पराई देशमा फर्कि छिटै जाउ

सिस्नो ढिडो धेरै मिठो पराई ठाउको रोटी भन्दा
आफ्नै गाँउको पानी मिठो कहि पाईन्न खोज्दा
आज धेरै याद आयो किन किन मेरै घरगाउ
बस्नु हुन्न पराई देशमा फर्कि छिटै जाउ

वारी डाँडा पारी बन बीचैमा छ मेरो गाउँ
पराईको शहर भन्दा बिशाल हुन्छ जन्म ठाउ
खै कसरी भूल्छु र म मै जन्मेको ठाउ
बस्नु हुन्न पराई देशमा फर्कि छिटै जाउ

भुलौ सबै छोडौ सबै फर्कि जाउ आफ्नै ठाउ
सबै भन्दा रमाईलो बनौ आफ्नै गाउँ
सम्झनाले सताउछ आफ्नै घरगाउ
बस्नु हुन्न पराई देशमा फर्कि छिटै जाउ
ल है बनौ आफ्नै गाउँ……………