तिम्लाई खोज्दै हिड्दा, पुगे यो मन्दिरमा

तिम्लाई खोज्दै हिड्दा, पुगे यो मन्दिरमा
विन्ति चडाई हिडे, दुनियाको माझमा

सुनेनौ है तिमीले, न सुन्यो यो पत्थरले नै
खोजिरहे तिमीलाई, अल्झिरहे यो गति मै
काहा बाट पुगेछु म, तिम्रो चौतारीमा
विन्ति चडाई हिडे, दुनियाको माझमा

गए सबै चाहहरु, तिम्लाई कुर्दा कुर्दै
प्यासी भएर बसे, तिर्खा साच्दा साच्दै
बगिरहेँ पानि सँगै, मन रह्यो किनारमा
विन्ति चडाई हिडे, दुनियाको माझमा

तिम्लाई खोज्दै हिड्दा, पुगे यो मन्दिरमा
विन्ति चडाई हिडे, दुनियाको माझमा