तिम्रो सम्झना, झुटो मायाको आसा नै हो

तिम्रो सम्झना, झुटो मायाको आसा नै हो
मुटु दुःखी दिनु, तिम्ले छाडेका घाउहरु हो

सपनामा पनि तिम्ले, चुपचाप छाडि गयौ
पत्थर रैछ तिम्रो मुटु तिम्ले माया मा¥यौ
यहा मैले पीर सहनु, तिम्रो झुटो आशा नै हो
मुटु दुःखी दिनु, तिम्ले छाडेका घाउहरु हो

कमजोर रहि छौ तिमी, एकै छिन्को हुरी जस्तो
सावनको भेल रहिछौ, एकै छिन उर्ले जस्तो
तिम्रो गित गाउनु, सबैै तिम्रा नासोहरु नै हो
मुटु दुःखी दिनु, तिम्ले छाडेका घाउहरु हो

तिम्रो सम्झना, झुटो मायाको आसा नै हो
मुटु दुःखी दिनु, तिम्ले छाडेका घाउहरु हो