तिम्लाई बिर्सिदिने कुनै चिज नै भएन

तिम्लाई बिर्सिदिने कुनै चिज नै भएन
यो मनलाई बिसाउने कुनै ठाउँ रहेन

सपनिमा सधै आई झस्काई दिने गर्छौ
निद्राविच ब्युझाएर पिरतीको कुरा गर्छौ
सपनि बाट टाढिदिने कुनै ठाउँ रहेन
तिम्लाई बिर्सिदिने कुनै चिज नै भएन

कति मायाँ गर्छौ मलाई कुनै सिमा छैन
हरपल साथै हुन्छौ एक्लो महशुस भएन
कति तृष्णा मेरो मायाको घृणा गर्ने ठाउँ रहेन
तिम्लाई बिर्सिदिने कुनै चिज नै भएन

तिम्लाई बिर्सिदिने कुनै चिज नै भएन
यो मनलाई बिसाउने कुनै ठाउँ रहेन