गल्ति भयो मेरो हजुर नजाने रै धेरै

गल्ति भयो मेरो हजुर नजाने रै धेरै
साथ छोडे अन्जानैमा भुल भयो मेरै

फुल रोप्यौ बगैचामा फुलाउने रहर हुँदा
रुने गर्छु एकान्तमा जव तिम्रो याद आउदा
त्यै फुलको अभाव रै छ गल्ति गरे धेरै
साथ छोडे अन्जानैमा भुल भयो मेरै

तिम्रो मेरो सम्बन्धमा खोट लाग्यो धेरै
सम्झि दिनु कहिलेकाहि याद आए मेरै
याद मात्र रहने भो भुल गरे धेरै
साथ छोडे अन्जानैमा भुल भयो मेरै

गल्ति भयो मेरो हजुर नजाने रै धेरै
साथ छोडे अन्जानैमा भुल भयो मेरै