नखानु है हरेस कहि सम्झिरहनु जितलाई

नखानु है हरेस कहि सम्झिरहनु जितलाई
सन्सार जित्ने हाम्रा पुर्खा जोगाउनु है रितलाई

याद पक्कै आउछ होला तिम्लाई गाउघरको
मरुभुमिको त्यो गर्मिमा तिम्लाई लाग्ला झर्को
तिर्खाएर ढलेपनि मन्मा राख्नु सधै जितलाई
सन्सार जित्ने हाम्रा पुर्खा जोगाउनु है रितलाई

सोचे जस्तो हुन्न रै छ सधै जीत प्रकृतिको
एकै थोपा पानि रै छ ख्याल राख्नु जिन्दगीको
जिन्दगीनै हारि गए भोलिको त्यो छिनलाई
सन्सार जित्ने हाम्रा पुर्खा जोगाउनु है रितलाई

नखानु है हरेस कहि सम्झिरहनु जितलाई
सन्सार जित्ने हाम्रा पुर्खा जोगाउनु है रितलाई