हिजो आज जता ततै, चल्छ तिम्रो चर्चा

हिजो आज जता ततै, चल्छ तिम्रो चर्चा
होस गर चोट लाग्ला, तिमी कतै लड्दा

अप्सरा झै देखिए कि, लाली पाउँडर घस्दा
जता ततै काँडै काँडा, याद गर्नु बस्दा
चौबन्दि र फरियाले सुहाउँछ है लाउदा
होस गर चोट लाग्ला, तिमी कतै लड्दा

जवानिले होकि कान्छि, दुनियाँले हेर्छन
चोक चोकमा तिमिलाई, सब्ले बाटो छेक्छन
जवानिले आँखा छोप्यो, तिम्लाई हेर्न पाउँदा
होस गर चोट लाग्ला, तिमी कतै लड्दा

हिजो आज जता ततै, चल्छ तिम्रो चर्चा
होस गर चोट लाग्ला, तिमी कतै लड्दा