तिमि प्यारी फुलको, टेकि डाली माथि

तिमि प्यारी फुलको, टेकि डाली माथि
सक्छै भने छुरा चलाउ मेरै यो छाति माथि

बहाना हो एकैछिन्को, त्याग्यौ स्वार्थ पुगेपछि
भयौ विधवा समाजको, फाल्यौ घुम्टो लाशमाथि
सिंन्दुर पुछिए के भो र, हिड्छौ न लाज मानि
सक्छै भने छुरा चलाउ मेरै यो छाति माथि

बैँसले फुलेको फुल तिमि, निवस्त्र छोप्यौ लाजलाई
बिर्सेर तिम्ले हिजोको दिन, कुल्चेर हिड्यौ जातलाई
चर्केको मुटुलाई बिर्सेर, उठायौ औला आफै माथि
सक्छै भने छुरा चलाउ मेरै यो छाति माथि

तिमि प्यारी फुलको, टेकि डाली माथि
सक्छै भने छुरा चलाउ मेरै यो छाति माथि

०८ जनवरि २०१२,
ब्रुनाई