नचाहने बातहरु धेरै तिता हुन्छन

नचाहने बातहरु धेरै तिता हुन्छन
रोजिएका घातहरु धेरै मिठा हुन्छन

तिम्रै लागी परदेशिए धन कमाउन
वर्षौ लाग्यो सम्झिएर घर फर्कि आउन
पर्खाईका पलहरु सधै लामा हुन्छन
रोजिएका घातहरु धेरै मिठा हुन्छन

तिमीलाई देखे कतै सोधुँ केहि लाग्छ
यादहरु बटुलेर फर्का उ झै भा छ
तिम्रो लागी मेरो मायाँ सधै झुटा हुन्छन
रोजिएका घातहरु धेरै मिठा हुन्छन

नचाहने बातहरु धेरै तिता हुन्छन
रोजिएका घातहरु धेरै मिठा हुन्छन

रचना मिती २०१२ मार्च १४ गते
सेरिया, ब्रुनाई