दुई दिन जीउनु छ मान्छे भएर

दुई दिन जीउनु छ मान्छे भएर
के नै लानु छ र आखिर मरेर

मन मिल्दा मन्कै संसार दिने
ठाँउ पाउदा उन्कै संसार लिने
सकुन्जेल अमृतमा विष भरेर
के नै लानु छ र आखिर मरेर

जोगाउँ आफ्नै अस्तित्वलाई
बचाउँ आफ्नै ईज्जतलाई
बाँच्नु छ भिडहरुमा उभिएर
के नै लानु छ र आखिर मरेर

दुई दिन जीउनु छ मान्छे भएर
के नै लानु छ र आखिर मरेर

रचना मिती २०१२ मार्च १३ गते
सेरिया, ब्रुनाई