पारी तर्यो जीन्दगीले मन रह्यो वारी

मन्को बह बगी दिन्छ खोला बगे सरी
पारी तर्यो जीन्दगीले मन रह्यो वारी ।

डुंगा खियाई पारी तर्ने थियो मेरो धोको
रह्यो जीवन त्यहि ठाँउमा भुमरीमा परी

फुलै फुल्ने आशा थियो मेरो बगैचामा
रित्तिएछन् फुलबारीनै सबै बोट मरी

भाग्य लेख्ने बिधाताले कस्तो भाग्य लेख्यो 
दुखै दुःख झेलिरहेछु यो जीन्दगी भरी

मन्को बह बगी दिन्छ खोला बगे सरी
पारी तर्यो जीन्दगीले मन रह्यो वारी ।