भुल भयो नजानेर, पराई नभईदेउ

भुल भयो नजानेर, पराई नभईदेउ
सिंदुर भरे तिमिलाई, टाढा नभईदेउ।

विरानो थियौ हिजो हामि, भेट भएनौ हामि
बाँधिँदिए जोडि हाम्रो, बा आमाले छानि
जे जे भन्नु सोध्नु छ, नलजाई भनिदेउ
सिंदुर भरे तिमिलाई, टाढा नभईदेउ।

हिजोका दिन जे थिए, अव बिर्सि देउ
जीवनको पालुवा यो, सोची सधै साथ देउ
जे पिर छन भनमलाई, पिर नलुकाई देउ
सिंदुर भरे तिमिलाई, टाढा नभईदेउ।

भुल भयो नजानेर, पराई नभईदेउ
सिंदुर भरे तिमिलाई, टाढा नभईदेउ।

२६ अक्टोबर २०११
सेरिया, ब्रुनाई